PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

एमालेलाई सभामुख सापकोटाको जवाफ : पदीय जिम्मेवारी पूरा गर्ने विषयमा सचेत छु



पहिलोपोस्ट

एमालेलाई सभामुख सापकोटाको जवाफ : पदीय जिम्मेवारी पूरा गर्ने विषयमा सचेत छु

काठमाडौं : सभामुख अग्नीप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला सभामुख सापकोटाले आफू सचेत रहेको बताएका हुन्।

एमालेले १४ जना सांसदलाई कारवाही माग राख्दै प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ। कारवाही अघि नबढाउने भए एमालेले सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै आएको छ।

सोमबार सिंहदरवारमा आयोजना गरिएको एक कार्यक्रममा उनले इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए। सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिवद्धता समेत दोहोर्‍याएका छन्।

‘हामीले जुन प्रण गरेका छौं-संघीय संसदलाई जीवन्त र जनमुखि बनाउने। त्यो सुत्र बाक्यलाई मैले त सधैभरी दिल र दिमागमा राखेर कार्यरुप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु। संघीय संसदको कार्यभार असामान्य र असाधारण छ। यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकतावद्ध होऔं, ’ उनले भने।

सभामुख सापकोटाले गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भए/नभएको अनुगमन गर्ने कामलाई पनि आफूले दृढताका साथ अगाडि बढाईरहेको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell