PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

प्रदेश २ : भ्रष्टाचार बढेको भन्दै मुख्यमन्त्री कार्यालय घेराउ, जनकपुरधाम उपमहानगरको कार्यालयमा तोडफोड



पहिलोपोस्ट

प्रदेश २ : भ्रष्टाचार बढेको भन्दै मुख्यमन्त्री कार्यालय घेराउ, जनकपुरधाम उपमहानगरको कार्यालयमा तोडफोड

जनकपुरधाम : प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ। प्रदेश २ मा अख्तियारको छापाविरुद्ध जनता समाजवादी पार्टी(जसपा) आन्दोलित रहेको समयमा सिके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेको हो।

मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका जनमत पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले मूल ढोका बाहिरै रोकेको थियो। मोटरसाइकल जुलुस सहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताहरुले मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।

मुख्यमन्त्री कार्यालय घेराउ गर्न पूर्व उनीहरुले जनकपुरधाम उपमहानगरपालिकामा तोडफोड गर्दै तालाबन्दी गरेका थिए। विभिन्न माग राख्दै जनकपुरधाम उपमहानगरपालिका पुगेका जनमत पार्टीका कार्यकर्ताहरुलाई उपमहानगर परिसरमा प्रवेश गर्न नदिइएपछि नारावाजी गर्दै नगरपालिकामा तोडफोड गरेका हुन्।

प्रदर्शनकारीहरुले उपमहानगरपालिकामा जबरजस्ती प्रवेश गरेर न्यायिक समितिको कार्यालयमा तोडफोड गर्नुका साथै नगरप्रमुख लालकिशोर साहको कार्यकक्षमा तालाबन्दी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell