PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

निधि, कोइराला र सिंह भेट : तत्काल विवाद टुंगो लगाउँदै महाधिवेशनको तालिका प्रभावित हुन नदिने आह्वान



पहिलोपोस्ट

निधि, कोइराला र सिंह भेट : तत्काल विवाद टुंगो लगाउँदै महाधिवेशनको तालिका प्रभावित हुन नदिने आह्वान

काठमाडौं : नेपाली कांग्रेसको चौधौं महाधिवेशनलाई लिएर नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डाक्टर शशांक कोइराला, र प्रकाशमान सिंहबिच छलफल सकिएको छ।

निधि निवासमा करिब ३ घण्टा बसेको बैठकले महाधिवेशन तालिका प्रभावित हुन नदिन क्रियाशिल सदस्यता विवाद रहेको जिल्लामा तत्काल विवाद टुंगो लगाउन पर्ने निष्कर्ष निकालेको छ। उनीहरुले तोकिएकै समयमा कांग्रेसको महाधिवेशन हुनुपर्नेमा समेत जोड दिएका छन्।

प्रकाशमान सिंहको सचिवालयका अनुसार महाधिवेशनका लागि सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउने निर्णय समेत गरेको छ।

महाधिवेशनमा केन्द्रित भएर तीन नेता छैटौँपटक छलफलमा जुटेका हुन्। तीनैजना नेता सभापति पदको आकांक्षी हुन्।

यस्तै, सरकारलाई तत्काल पूर्णता दिनु पर्ने माग समेत उनीहरुले गरेका छन्। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष शेरबहादुर देउवाले गठबन्धनमा एकमत नहुँदा सरकार विस्तार गर्न सकेका छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell