PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

थपिए १०३० कोरोना संक्रमित, एक हजारजना भए संक्रमण मुक्त



पहिलोपोस्ट

थपिए १०३० कोरोना संक्रमित, एक हजारजना भए संक्रमण मुक्त

काठमाडौं : देशभर थप १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। १ हजार ८७४ जनाको परीक्षण गर्दा ८१२ जनामा पीसीआर परीक्षणका क्रममा र २१८ जनामा एन्टिजेन परीक्षण गर्दा संक्रमण देखिएको हो।

संक्रमणका कारण थप १० जनाको मृत्य हुँदा कूल मृतकको संख्या ११ हजार १७४ पुगेको छ।

यस्तै, एक हजारजना संक्रमण मुक्त हुँदा हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या १६ हजार ६०६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १ लाख २० हजार ५४८ जनाले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्। हालसम्म देशभर ६३ लाख ८४ हजार १७२ जनाले कोरोनाविरुद्ध खोपको पूर्ण मात्रा लगाइसकेका छन्। यस्तै, ७८ लाख ५ हजार ६८३ जनाले खोपको पहिलो मात्रा लगाइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell