काठमाडौं : एभरेस्ट प्रिमियर लिगको पानीले रोकिएको पाँचौँ खेल पुन: अवरुद्ध हुँदा पोखरा राइनोजलाई फाइदा पुगेको छ। खेलको दोस्रो इनिङको पाँच ओवर बाँकी छँदा पानीका कारण खेल अवरुद्ध भएपछि खेलको नतिजा डकओर्थ लेविस स्ट्रेन (डीएलएस)मेथडबाट निकालिएको हो।
डीएलएस मेथडबाट पोखरा राइनोजले काठमाडौं किंग्स ११ विरुद्ध १४ रनको जित निकालेको हो।
टस जितेर फिल्डिङ रोजेको पोखरा राइनोजविरुद्ध काठमाडौंले १८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। १८३ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको पोखराले १५ ओभरमा ५ विकेटको क्षतिमा १४२ रन जोडेको थियो।
पोखराका लागि विवेक यादवले नटआउट ४१ रन जोडे। २८ बल खेल्दै ४ चौका र २ छक्का हानेका उनी म्यान अफ द म्याच भए। त्यस्तै सहान आर्चचिगेले २३ बलमा ४३ रन जोडे। त्यस्तै लोकेश वम ८ बलमा १८ रनसहित नट आउट रहे। पोखराका ओपनर रिजर्ड लेभीले १३ बलमा १७ रन लिए। कप्तान विनोद भण्डारी ५ रनमा पेवेलियन फर्किँदा रित गौतम २ र अशेला गुणरत्ने सून्यमा पेवेलियन फर्किए।
जितेन्द्र मुखिया र गुलसन झाले काठमाडौंका लागि पोखराका २/२ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए।
यसअघि सुरुवातमा ब्याटिङ गरेको काठमाडौंका लागि अमित श्रेष्ठ र रेयान वुर्लले अर्धशतकीय पारी खेले श्रेष्ठले ४१ बलमा ५६ रन बनाउँदा वुर्लले ४३ बलमा ५० रन बनाए।
त्यस्तै कप्तान सन्दीप लामिछानेले ११ बलमा ३१ रन जोडे। त्यस्तै रहमनुल्लाह गुर्वाजले १२ रन जोडे। सुवाश खकुरेल २ रनमा आउट हुँदा आशान प्रियान्जन ५, अमर रौतेला ७ तथा राजु रिजाल शून्यमै पेवेलियन फर्किए। गुल्सन झा १ रनमा नटआउट रहे।
पोखराका लागि विवेक यादवले काठमाडौंका तीन खेलाडी आउट गरे। त्यस्तै विक्रम सोव, नान्दन यादव, किशोर महतो र साहन अर्चचिगेले १/१ विकेट लिए।
