PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

आजको मौसम : अहिले यी स्थानमा भइरहेको छ वर्षा



रासस

आजको मौसम : अहिले यी स्थानमा भइरहेको छ वर्षा

काठमाडौं : अहिले भारतको बिहार तथा आसाममा अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा पनि परेको छ। सोही मौसमी प्रणालीका कारण नेपालमा बदली र वर्षा गराएको हो।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। राजधानी काठमाडौँ उपत्यकामा बिहान सामान्य बदली रहे पनि अहिले पारिलो घाम लागेको छ। मध्यान्हपछि बदली र वर्षा हुनसक्ने अनुमान गरिएको छ।

महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेका एक दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ।

बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली र सुदूरपश्चिम प्रदेका एक/दुई स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बिहीबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell