PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

कांग्रेसले सच्चायो निर्वाचनको नियम, महाधिवेशन प्रतिनिधिमा पराजित भएकाले जिल्ला कार्यसमितिमा लड्न पाउने



पहिलोपोस्ट

कांग्रेसले सच्चायो निर्वाचनको नियम, महाधिवेशन प्रतिनिधिमा पराजित भएकाले जिल्ला कार्यसमितिमा लड्न पाउने

काठमाडौं : नेपाली कांग्रेस अहिले १४ औं महाधिवेशनको तयारी छ। देशभरका कयौं वडा, गाउँ/नगर कमिटीको निर्वाचन सम्पन्न भइसकेको छ। केही क्षेत्रमा निर्वाचन बांकी छ।

यसबिच नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन नियम सच्चाएको छ। जिल्ला कार्यसमितिको निर्वाचनलाई लिएर विधानमा स्पष्ट व्यवस्था नभएको भन्ने गुनासो आएको भन्दै निर्वाचन समितिले नियम सच्चयाउँदै थप व्याख्या गरेको हो।

अब दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा महाधिवेशन प्रतिनिधि पराजित भएकाहरुले पनि जिल्ला कार्यसमितिमा लड्न पाउने भएका छन्। तर महाधिवेशन प्रतिनिधिमा पराजित भएकाहरुले जिल्ला सभापतिमा पनि निर्वाचन लड्न पाउने छैनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell