PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

एमालेको अवरोधबिच सकियो आजको प्रतिनिधिसभा बैठक



पहिलोपोस्ट

एमालेको अवरोधबिच सकियो आजको प्रतिनिधिसभा बैठक
FILE PHOTO

काठमाडौं : प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अवरोध गरेको छ।

एमालेले १४ जना सांसदलाई गरेको कारबाहीको सुचना सभामुखले टाँस नगरी पक्षपातपूर्ण व्यवहार गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले संसद बैठक अवरोध गर्दै आएको छ। मंगलबारको बैठकमा पनि नाराबजीसहित एमालेले विरोध प्रदर्शन गरेको हो।

एमाले सांसदहरुको विरोधबिच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६-७७ प्रतिनिधिसभामा पेश गरेका थिए।

एमाले सांसदहरुले 'कालो धन चाहिदैन, देश लुट्न पाइदैन, संसदीय सर्वोच्चता कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद, यथास्थितिमा संसद चल्दैन, गैरसांसदलाई प्रवेश निषेध गर, पदीय मर्यादा कायम गर' लगायतका नारा लगाएका थिए ।

प्रतिनिधिसभाको आगामी बैठक असोज २२ गते शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell