A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6aae4ba8a92df7.80428286): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6aae4ba8a92df7.80428286,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

३३ किलो सुन प्रकरणमा 'गोरे' सहित ६ जनालाई जन्मकैद, घटनामा मुछिएका प्रहरीले पाए सफाई
PahiloPost

Sep 19, 2026 | ३ असोज २०८३

३३ किलो सुन प्रकरणमा 'गोरे' सहित ६ जनालाई जन्मकैद, घटनामा मुछिएका प्रहरीले पाए सफाई



सविन ढकाल

३३ किलो सुन प्रकरणमा 'गोरे' सहित ६ जनालाई जन्मकैद, घटनामा मुछिएका प्रहरीले पाए सफाई

काठमाडौं : त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको  फैसला भएको छ। जिल्ला अदालत मोरङले आज चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ। ४८ जनाले सफाइ पाउँदा २१ जना प्रतिवादी अझै फरार छन्।

सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुडामणि उप्रेती (गोरे) लाई जन्मकैद सजाय सुनाइएको हो। त्यस्तै, टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले, लाक्पा शेर्पा र नरेन्द्र कार्कीलाई जन्म कैद सुनाइएको हो।  दुई जनालाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।

'८ जनालाई सजाय तोकिएको छ। बांकी ४८ जनाले सफाइ पाएका छन्,' जिल्ला अदालत मोरङका श्रेस्तदार टिकेन्द्रवीरजंग राणाले बताए।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बिच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्करबिच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए।

२०७५ वैशाख १९ गते सातजना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो। त्यसबाहेक अन्यलाई लगाऊ मुद्दा लगाइएको थियो।

अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लाग्न सकेको छैन। सुन प्रकरणका मुख्य अभियुक्त चुडमाणि उप्रेती 'गोरे' २०७५ जेठमा पक्राउ परेका थिए। उनी हाल अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारामा छन्।

यही घटनामा प्रहरीदेखि व्यापारीसम्म मुछिएका छन्। घटनामा मुछिएका पूर्वडीआइजी गोविन्दप्रसाद निरौला, एसएपी श्यमबहादुर खत्री, हालका डिआइजी दिवेश लोहनी, डिएसपीहरु संजयबहादुर राउत, प्रतिजकेसी, सई बालकृष्ण संजेल लगात प्रहरीले सफाइ पाएका छन्।

यसरी मुछिएका प्रहरी देखी ४८ जनाले सफाइ पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell