PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

लागू औषध मुद्दामा पक्राउ परेका शाहरुखका छोरा आर्यनले बयानमा भने : बुवासँग भेट्न पनि अपोइन्टमेन्ट लिनुपर्छ



पहिलोपोस्ट

लागू औषध मुद्दामा पक्राउ परेका शाहरुखका छोरा आर्यनले बयानमा भने : बुवासँग भेट्न पनि अपोइन्टमेन्ट लिनुपर्छ
Photo : Economic Times India / PTI

बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान लागू औषध मुद्दामा पक्राउ परेर हिरासतमा छन्। आइतवार मुम्बईको समुद्री किनारमा क्रुज शिपमा भएको एक रेव पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले पक्राउ गरेको थियो।

लागुऔषधको केसमा प्रकाउ परेका आर्यनसहित अन्य सात जना आरोपीहरु ७ अक्टोबरसम्म एनसीबीको हिरासतमा रहनेछन्। यो मुद्दामा दिनदिनै सोधपुछ हुनुका साथै अनुसन्धान भइरहेको छ। एनसीबीको सोधपुछमा आर्यनले दिएको एउटा बयान भारतीय संचारमाध्यममा बाहिरिएको छ। आर्यनले आफ्ना बुवा शाहरुखसँग भेट्न पनि मेनेजरसँग अपोइन्टमेन्ट लिनुपर्ने बताएका छन्।

शाहरुख खान पछिल्लो समय एकसाथ धेरै प्रोजेक्टमा काम गरिरहेका छन्। उनी फिल्म 'पठान' को लागि कडा मेहेनत समेत गरिरहेका छन्। बुवाको 'बिजी सेड्युल' रहेको बताउँदै आर्यनले आफ्नै बुवासँग भेट्न पनि म्यानेजर पूजासँग अपोइन्टमेन्ट लिनु पर्ने अवस्था रहेको बताएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्।

पक्रउ परेका सबैमाथि एनसीबीले ड्रग्स खरिद, बिक्री र प्रयोग गरेको आरोप लगाएको छ। आइतवार मारेको छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell