PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

इपीएल: मैदान हिलाम्य हुँदा घाटामा ललितपुर, अंक बाँडेका काठमाडौं र भैरहवा एलिमिनेटर म्याच बुधवार खेल्दै  



पहिलोपोस्ट

इपीएल: मैदान हिलाम्य हुँदा घाटामा ललितपुर, अंक बाँडेका काठमाडौं र भैरहवा एलिमिनेटर म्याच बुधवार खेल्दै  

काठमाडौं : एभरेष्ट प्रमियर लिग अन्तर्गत मंगलबार निर्धारित काठमाडौं किंग ११ र भैरहवा ग्लाडियटरबिचको खेल मैदानको खराब अवस्थाका कारण हुन सकेन।  कुनै पनि बल नखेली छाडिएपछि यसको फाइदा काठमाडौंलाई पुगेको छ। 

आजको खेलमा जित्नै पर्ने वा ड्र गर्नुपर्ने अवस्थामा रहेको काठमाडौंलाई खेल नखेली दुवै टोलीले १/१ अंक बाँड्दा फाइदा पुग्यो। 

पाँच खेलमा १ खेल मात्र जितेको काठमाडौंको ३ अंक छ। समान ५ खेलमा १ खेलमा जित र एकमा बराबरी निकालेको ललितपुरको पनि ३ अंक रहेको छ। अंक समान रहे पनि नेट रननेटका आधारमा काठमाडौं अंकतालिकाको चौथो स्थानमा पुग्यो। 

लिगको पाँच खेलमा चारमा जित निकाल्दै चितवन टाइगर ८ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा रहेको छ। त्यस्तै पाँच खेलमा तीन जित एक खेल खेला विना अंक बाँड्दै ७ अंकका साथ दोस्रो स्थानमा रहेको छ। 

त्यस्तै भैरहवा पाँच खेलमा दुई जित, एक बराबरी र दुई खेलमा नखेली अंक बाँड्दै ७ अंकका साथ तेस्रो स्थानमा छ। भैरहवाले ललितपुरसँग बराबरी खेलेको थियो भने पोखरा र काठमाडौंसँग नखेली अंक बाँडेको थियो। भने चितवन र विराटनगरलाई हराएको छ। 

योसँगै अब चितवन र पोखराबिच फाइन प्रवेशका लागि क्वालिफायर म्याच बुधवार बिहान खेल्ने छन्। यस खेल जित्ने टोली फाइनलमा प्रवेश गर्ने छ। भने हार्ने टोली फाइनल प्रवेशका लागि भैरहवा र काठमाडौंबिचको खेल जित्ने टोलीसँग फाइनल प्रवेशका लागि बिहीवार खेल्ने छ। काठमाडौं र भैरहवाबिचको एलिमिनेटर खेल बुधवार नै हुनेछ। 

६ टोली सम्मिलित इपीएलमा साबिकको विजेता ललितपुर र दोस्रो सिजनको विजेता विराटनगर भने लिग चरणबाट बाहिरिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell