PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

२४ घण्टामा ९६८ जना संक्रमित थपिए, एक लाख ३२ हजारलाई खोप



पहिलोपोस्ट

२४ घण्टामा ९६८ जना संक्रमित थपिए, एक लाख ३२ हजारलाई खोप

काठमाडौं : पछिल्लो २४ घण्टामा थप नौ सय ६८ जना कोभिड-१९ का संक्रमित पहिचान भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ११ हजार पाँच सय ८२ आरटी-पीसीआर र चार हजार चार सय ६० एन्टिजेन विधिबाट नमुना परीक्षण गरिएकोमा सात सय ६२ आरटी-पीसीआर र दुई सय ६ जना एन्टिजेन परीक्षणबाट संक्रमित पहिचान भएका हुन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार एक सय १४ जना संक्रमित संक्रमण मुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा मृत्यु हुने संक्रमितको संख्या ११ हजार एक सय ८० पुगेको छ। हाल नेपालमा १६ हजार दुई सय ४८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

थप एक लाख ३२ हजारलाई खोप

यसैबीच पछिल्लो २४ घण्टामा थप एक लाख ३२ हजार आठ सय ९६ जनालाई कोभिड-१९ विरुद्धको खोप दिइएको छ। मंगलवार दिउसो २१ बजेसम्म पछिल्लो २४ घण्टामा एक लाख सात हजार आठ सय ७२ जनालाई पहिलो डोज दिइएको छ। त्‍यस्तै १९ हजार आठ सय ६५ जनालाई दोस्रो डोज दिइएको छ।

सोही अवधिमा जोनसन एण्ड जोनसनको सिंगल डोज पाँच हजार एक सय ५९ लाई खोप दिइएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

पछिल्लो २४ घण्टामा अस्ट्राजेनेकाको पहिलो मात्रा १८ हजार ६३ र दोस्रो मात्रा चार हजार एक सय २५ जनालाई दिइएको छ। त्यस्तै भेरोसेलको पहिलो मात्रा ८९ हजार आठ सय ३६ र दोस्रो मात्रा१५ हजार सात सय ४० जनालाई दिइएको छ।

हालसम्म नेपालमा ६४ लाख नौ हजार एक सय ९६ जनालाई खोपको पूर्ण मात्रा दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell