PahiloPost

May 31, 2026 | १७ जेठ २०८३

कुहिरोका कारण सुर्खेतमा तीन फन्को घुम्यो काठमाडौंबाट सुर्खेत उडेको बुद्धको विमान, मिस एप्रोच हुँदा नेपालगन्ज पुगेर अवतरण



पी बी खड्का

कुहिरोका कारण सुर्खेतमा तीन फन्को घुम्यो काठमाडौंबाट सुर्खेत उडेको बुद्धको विमान, मिस एप्रोच हुँदा नेपालगन्ज पुगेर अवतरण

सुर्खेत : काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एअरको यु ४-१३३ नम्बरको विमान तीन फन्को घुमेर नेपालगञ्ज फर्केको छ। बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चालकदलसहित ४८ जना लिएर सुर्खेत विमानस्थलका लागि उडेको विमान कुहिरोका कारण सुर्खेतमा अवतरण गर्न नसकेको हो।

सवा ९ बजे सुर्खेत पुगेको विमान कुहिरोकै कारण मिस एप्रोच भएपछि तीन फन्को घुमेको थियो। तीन फन्को घुम्दा पनि अवतरण हुन नसकेपछि विमान नेपालगन्ज पुगेर अवतरण गरेको बुद्ध एयर सुर्खेतका प्रतिनिधि अनिल पन्तले बताए। विमानमा कुनै खराबी नरहेकोले केहीबेरमै सुर्खेतका लागि नेपालगन्जबाट उड्ने पन्तले जनाए।

विमानस्थलका अनुसार कहिलेकही मिस एप्रोच हुँदा जहाजले टर्निङ प्वाइन्ट मिलाएर अवतरण गर्नुपर्ने हुनाले जहाज घुम्ने गर्छ। सुर्खेतमा भने कुहिरोका कारण अवतरणमा समस्या भएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell