PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रुपन्देहीमा खोप लगाउन बाँकी १८ वर्ष माथिका सबै नागरिकलाई दशैं अगाडि पहिलो डोज



पहिलोपोस्ट

रुपन्देहीमा खोप लगाउन बाँकी १८ वर्ष माथिका सबै नागरिकलाई दशैं अगाडि पहिलो डोज

काठमाडौं : रुपन्देहीका सबै स्थानीय तहमा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धो खोप दिइने भएको छ। जस अनुसार जिल्लाका सबै १६ स्थानीय तहमा कोभिड-१९ विरुद्धको खोप अभियान २२ गते शुक्रवार र २३ गते शनिवार आयोजना गरिने छ। 

स्वास्थ्य निर्देशनालयको मंगलवारको निर्णय अनुसार दुई रुपन्देहीका सबै स्थानीय तहमा १८ वर्ष माथिका सबै नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिन लागिएको हो। 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण  महाशाखाले निर्देशनालयलाई दसैँ अगाडि नै रुपन्देहीका सबै लक्षित जनसंख्यालाई खोपको पहिलो मात्रा दिन पत्राचार गरेको थियो। 

निर्देशनालयले एकैपटक खोप अभियान चलाउने व्यवस्था गर्न तथा खोपको ढुवानीको व्यवस्था सम्बन्धित पालिकालाई नै गर्न पत्राचार गरेको निर्देशनालयका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरीले जानकारी दिए। 

निर्देशनालयको पत्र अनुसार रुपन्देही जिल्ला कोभिड खोप समन्वय तथा अनुगमन समितिले तयारी थालेको छ। रुपन्देहीमा खोप लगाउन बाँकी १८ वर्ष माथिका सबै नागरिकलाई भेरोसेल दिइँदै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell