PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

प्रदेश २ सरकार विरुद्ध बर्दिवासमा जनमत पार्टीको प्रदर्शन, अख्तियारको कार्यालय घेराउ



पहिलोपोस्ट

प्रदेश २ सरकार विरुद्ध बर्दिवासमा जनमत पार्टीको प्रदर्शन, अख्तियारको कार्यालय घेराउ

जनकपुरधाम : जनमत पार्टीले प्रदेश २ सरकारविरुद्ध बर्दिवासमा प्रदर्शन गरेको छ। बुधवार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान अयोग बर्दिवासको कार्यालय घेराउ गर्दै सिके राउत नेतृत्वको उक्त पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। 

‘भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ ? भ्रष्टाचारीलाई जेल दे भन्छ’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउतको विरोधमा प्रदर्शन गरेका थिए। 

लालबाबु राउत नेतृत्वको सरकारलाई कारबाहीको माग गर्दै जनमत पार्टीका नेता कार्यकर्ताले आज बर्दिवासस्थित अख्तियारको मुलगेट अगाडि पनि प्रदर्शन गरेका थिए।

मुख्यमन्त्री कार्यालय मातहत सञ्चालित ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’मा अनियमितता भएको उजुरी परेपछि १३ असोजमा प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको थियो।

यसअघि सोमवार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको विरोध गर्दै सिके राउत नेतृत्वको जनमत पार्टीले जनकपुरधाममा प्रदर्शन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell