PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

प्रदेश सभामा मुख्यमन्त्री राउतको राजीनामा माग



पहिलोपोस्ट

प्रदेश सभामा मुख्यमन्त्री राउतको राजीनामा माग

जनकपुरधाम : प्रदेश २ को प्रदेशसभामा मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ का संसदीय दलको नेता जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा मागेका हुन्।

मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापापछि प्रदेशको गरिमा माथि नै आँच आएको बताउँदै सोनलले मुख्यमन्त्री कार्यालय र प्रदेशको गरिमा बचाउन मुख्यमन्त्रीले राजीनामा दिनु पर्ने माग गरे। 

सोनलले भने, ‘अख्तियारको छापापछि मुख्यमन्त्रीको नैतिकतामाथि प्रश्न उठेको छ। उनले आफ्नो नैतिकता र प्रदेशको गरिमा बचाउनका लागि पनि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ।’

प्रदेशसभामा बोल्दै सोनलले सरकारको वैधानिकतामाथि समेत प्रश्न उठाए। उनले दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्री राउतले विश्वासको मत किन नलिएको भन्दै प्रश्न गरेका थिए। सोनलले मुख्यमन्त्री राउतलाई वर्तमान सरकार संविधानको कुन धाराको आधारमा अहिले चलिरहेको छ विषयमा जानकारी गराउन आग्रह समेत गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell