PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

एलफ्‍टमा प्रचण्ड आएनन्, कार्यक्रम नसकिँदै बाहिरिइन् साम्राज्ञी



पहिलोपोस्ट

एलफ्‍टमा प्रचण्ड आएनन्, कार्यक्रम नसकिँदै बाहिरिइन् साम्राज्ञी

काठमाडौं : बुधवार ठमेलस्थित एलफ्ट होटलमा पुस्तक विमोचन तथा म्युजिक भिडियो सार्वजनिक कार्यक्रम आयोजना गरिएको थियो। दिउँसो १ बजे भनिएको कार्यक्रम एकघण्टा ढिलो सुरु भएको थियो। अभिनेत्री साम्राज्ञी कार्यक्रममा सुरु हुनुभन्दा एक घण्टा अघि नै पुगीसकेकी थिइन्। 

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भनिएको थियो। तर, उनी आएनन्।

‘माया पिरिम’ बोलको गीतको म्युजिकमा साम्राज्ञीले नै अभिनय गरेकी छिन्। तर भिडियो रिलिज हुँदासम्म बसेकी उनी मिडियासँग अन्तर्क्रिया हुने कार्यक्रम सुरु हुन लाग्दा कार्यक्रम स्थल छोडेर बाहिरिइन्।

उनी बाहिरिए पनि केही बेर म्युजिक भिडियोमा अभिनय गरेका अन्य कलाकार र मिडियाहरुले कुरे तर उनी आइनन्।

अन्त्यमा मिडिया कोडिनेटर विजय आवाजले साम्राज्ञीले मिडियासँग कुरा गर्न नचाहेको भन्दै बाहिरिए सुनाए। तर आफूलाई यसबारे थाहा नभएको समेत स्पष्टीकरण दिए। साम्राज्ञीले यसरी बिचमै जाँदा अन्तर्क्रिया कार्यक्रम नै रद्द भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell