PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

बसन्तपुरमा किशोरकिशोरीहरुको माग : ‘सकिन्छ प्याड फ्री, सकिँदैन ट्याक्स फ्री’

बसन्तपुरमा किशोरकिशोरीहरुको माग : ‘सकिन्छ प्याड फ्री, सकिँदैन ट्याक्स फ्री’

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : महिनावारी हुँदा महिलाहरुले प्रयोग गर्ने स्यानिटरी प्याडलगायतका सामग्रीहरुमा लगाइएको कर खारेज गर्न माग गर्दै किशोरकिशोरीहरुले प्रदर्शन गरेका छन्। नेपाल टिन लिडर्सको आयोजनामामा कर छुट गर्न माग गर्दै किशोरकिशोरीहरुले बसन्तपुरमा फ्ल्यास मब प्रदर्शन गरेका हुन्।

महिलाहरुले प्रयोग गर्ने प्याड, टेम्पोन र मिन्सुरल कप जस्ता सामग्रीहरु या त निःशुल्क हुनु पर्ने नभए त्यसमा लगाइएको कर खारेज गर्नु पर्ने उनीहरुको माग थियो। महिनावारीको बेला प्रयोग हुने स्यानिटरी प्याडलगायतका सामग्रीहरुमा लगाइएको कर खारेज गर्न माग गर्दै केही समयदेखि प्रदर्शन हुँदै आइरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell