काठमाडौं : काठमाडौंको कीर्तिपुर नगरपालिकाको कांग्रेस इकाई सभापतिमा कृष्णमान डंगोल चुनिएका छन्। बुधवार भएको नगर अधिवेशनबाट उनलाई सर्वसम्मत रुपमा इकाई सभापतिमा चयन गरिएको हो। डंगोल प्रकाशमान सिंह गगन थापा समूहका नेता हुन्।
अन्य पदाधिकारी पनि निर्विरोध निर्वाचित भएको नगर निर्वाचन समितिले जनाएङ्को छ। उपसभापतिमा राजिता महर्जन गौतम र सुदन बस्नेत चयन भएका छन्। त्यसैगरी सचिवमा किरण केसी र इच्छा महर्जन चुनिए।
सहसचिव दुई जनामा सुर्यकान्त कोइराला र सानुमैया महर्जन छन्। कोषाध्यक्षमा पवित्रा विष्टलाई मनोनयन गरिएको छ। अन्य २० जना सदस्य पनि निर्विरोध चयन गरिएको नगर निर्वाचन समितिले जनायो। काठमाडौंमा अब दक्षिणकाली नगरपालिकामा मात्र कांग्रेसको नगर अधिवेशन बाँकी रहेको छ।
काठमाडौंको नगर अधिवेशन : पहिलो गठजोडमा कतिको फाप्यो प्रकाशमान - गगनको जोडीलाई?