PahiloPost

Dec 18, 2025 | ३ पुष २०८२

मनोज पण्डितको फिल्म 'एक' ‌ओटीटीमा रिलिज



पहिलोपोस्ट

मनोज पण्डितको फिल्म 'एक' ‌ओटीटीमा रिलिज

काठमाडौं: मनोज पण्डित निर्देशित फिल्म 'एक' आजबाट रिलिज भएको छ। राजनीतिक ड्रामामा केन्द्रित फिल्म 'एक' आज घटनास्थापनादेखि ओटीटी प्याल्टफर्ममा रिलिज भएको हो।

मधेश विखण्डनकारी शक्तिविरूद्धको संघर्षमा आधारित यस फिल्मको कथा पण्डितले नै लेखेका हुन्। फिल्म 'एक' गुप्तचर संस्थाको एजेन्टको संघर्षमा आधारित छ।

फिल्म 'एक' को मुख्य भूमिकामा विशाल पोखरेल छन्। साथै फिल्ममा प्रमोद अग्रहरी, मनोज अधिकारी, ज्योत्सना योगी लगायतका कलाकारहरुको भुमिका रहेको छ।

यो फिल्मलाई डिजिटल प्याल्टफर्महरु सिनेमाघर, डिसहोम ५५५, नेट टीभी, भायो टिभी, म्याक्स टिभी र ओहो मुभिजमा हेर्न सकिनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell