PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

भानुभक्त जोशीलाई पार्टीमा स्वागत गर्दै माधव नेपालले भने : समाजवादीको यात्रामा पहिलो बाधक केपी ओली



पहिलोपोस्ट

भानुभक्त जोशीलाई पार्टीमा स्वागत गर्दै माधव नेपालले भने : समाजवादीको यात्रामा पहिलो बाधक केपी ओली

काठमाडौं : नेकपा एमालेका नेता भानुभक्त जोशी एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। 

आज काठमाडौंको थापागाउँमा आयोजना गरिएको एक कार्यक्रममा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जोशीले स्वागत गर्दै पार्टी प्रवेश गराएका हुन्।

कार्यक्रममा नेपालले ओलीलाई सुधार्न नसकिने निष्कर्षमा पुगेर नेताहरुले एमाले छाडिरहेको बताए।

'सुधार्न नसकिने भयो भन्ने निष्कर्षमा पुगेर भानुभक्त जोशी समाजवादीमा प्रवेश गर्नुभएको छ। सँग सँगै काम गर्ने उत्साह लिएर एमलेमा प्रवेश गरेको जानकारी गराउनुभएको छ,' उनले भने।

नेपालले जोशीको नयाँ यात्रामा एमालेका अध्यक्ष ओली बाधक हुने बताए। उनले जोशी एकीकृत समाजवादीको स्थायी कमिटी सदस्य हुने जानकारी गराए। बाँकी जिम्मेवारीबारे पार्टी कमिटी बैठकले गर्ने उनले बताए।

'उहाँलाई स्थायी कमिटीको सदस्य बनाइएको यहीबाट घोषणा गर्दछु,'नेपालले भने।

नेपालले ओलीले विभिन्न खालका भ्रम फैलाएकाले भ्रम चिर्नुपर्ने चुनौति समाजवादीका अगाडि रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell