PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

वायु सेवा निगमका पूर्वअध्यक्ष चाबहिलमा मृत भेटिए



पहिलोपोस्ट

वायु सेवा निगमका पूर्वअध्यक्ष चाबहिलमा मृत भेटिए

काठमाडौंः नेपाल वायु सेवा निगमका पूर्वअध्यक्ष ६७ वर्षीय रामाज्ञा प्रसाद चतुर्वेदी मृत अवस्थामा भेटिएका छन्।

चाबहिलको बुलबुलेस्थित निर्माणाधीन घर अगाडी उनी आज बिहान मृत फेला परेका हुन। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनले घर माथिबाट हाम फालेर आत्महत्या गरेको देखिएको छ।

'उहाँ आफै घर माथि जानु भएको देखिन्छ। घरमा अरू कोही छैनन्। त्यसैले पनि आत्महत्या गरेको हो भन्ने हो,' काठमाडौं प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहल भने।

बिहान करिब सवा ७ बजेतिर उनले हाम फालेको प्रहरीको दाबी छ।  सिसिटिभीमा उनी ६ बजेर १९ मिनेटमा घर माथि गएको र ७ बजेर १५ मिनेटमा माथिबाट खसेको देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले शव पोस्टमार्टमको लागि अस्पताल पठाएको छ। उनी २०६८ सालमा भष्ट्रचारको मुद्दामा जेल सजाय समेत भोगेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell