PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

घरघरमा घटस्थापना, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

घरघरमा घटस्थापना, हनुमानढोकाको दशैं घरमा यसरी राखियो जमरा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: आज दशैंको पहिलो दिन घटस्थापना। घरघरमा घट कलशको स्थापना गरी देवी देवताको आह्वान गर्दै जमरा राखिँदैछ।

आज बिहान १०:४६ बजेको शुभ साइतमा काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि जमरा राखिएको छ। घटस्थापनाका दिन नेपालीहरुले घरघरमा जमरा राखेपछि दशैं शुरु भएको मानिन्छ।

घटस्थापनाका दिन बिहानै स्नान गरी खोला तथा नदीको बगरबाट बालुवा ल्याएर पूजा कोठामा राखिन्‍छ र त्यसमा त्यसमा मकै, जौ रोपिन्छ जसलाई जमरा भनिन्छ। जमरा वरपर उज्यालो र सूर्यको प्रकाश छेकेर अँध्यारो बनाइन्छ।

देवी भगवतीलाई सबैभन्दा बढी मन पर्ने वनस्पति जमरा भएकाले उनलाई खुशी पार्न जमरा राखेर पूजा आराधनापछि दशमीका दिन मान्यजनका हातबाट आशीर्वादसहित देवीको प्रसादका रुपमा टीका र जमरा लगाउने प्रचलन छ।

हनुमानढोकास्थित दशैं घरमा जमरा राखिँदाको तस्बिरहरुः



ट्रेन्डिङ पोस्ट

Ncell