PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

एकीकृत समाजवादीबाट ककसलाई बनाउने मन्त्री ? आन्तरिक छलफलमा माधव नेपाल



पहिलोपोस्ट

 एकीकृत समाजवादीबाट ककसलाई बनाउने मन्त्री ? आन्तरिक छलफलमा माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका तर्फबाट मन्त्री छान्न आन्तरिक छलफल तिब्र पारेका छन्। बिहीवार स्थायी कमिटीको बैठकमा ककसलाई मन्त्री बनाउने भन्नेबारेमा नेपालले परामर्श गरिरहेको नेकपा एकीकृत समाजवादीका नेताहरुले बताएका छन्।

शेरबहादुर देउवा नेतृत्वको सरकारमा ४ वटा मात्रै मन्त्रालय दिएको भन्दै नेपाल असन्तुष्ट छन्। सरकार विस्तार नहुँदा सत्तारुढ गठबन्धनको आलोचना भइरहेको छ। यसबिच नेपालले आफ्नो पार्टीबाट हुने मन्त्रीका बारेमा भने छलफल थालेका हुने।

अर्पण होटलमा नेता नेपालको स्थायी कमिटीको बैठक सुरु भएको हो। प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ जना नेपाल पक्षका सांसदहरुले विश्वासको मत दिएका थिए।

संसद पुरा कार्यकाल चलाउन र देउवा सरकार बनाउन आफ्नो पार्टीको महत्वपूर्ण भूमिका भएको भन्दै एकीकृत समाजवादीले महत्वपूर्ण मन्त्रालय पाउनुपर्ने र भागबण्डामा मन्त्रालयको संख्या पनि अहिलेको भन्दा बढि हुनुपर्ने माग गर्दै आएको छ।

नेकपा माओवादी केन्द्रले आफ्ना पार्टीका तर्फबाट सरकारमा सामेल हुने मन्त्रीहरुको टुंगो लगाइसकेकाले तत्काल मन्त्रीको नाम दिने नेपालमाथि दबाब छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell