काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले मनाङस्थित बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको आज निरीक्षण गरेका छन्।
खाँणलाई मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा गएको बाढीले जिल्लामा क्षति पुर्याएको संरचना तथा पुनर्निर्माणका बारेमा जानकारी दिएका थिए।
बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्याएको थियो।
गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका छन्। रासस
