PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

कम महत्वका ४ वटा मन्त्रालय दिएकोमा असन्तुष्ट बनेका नेपाललाई फकाउन गठबन्धनको बैठक



पहिलोपोस्ट

कम महत्वका ४ वटा मन्त्रालय दिएकोमा असन्तुष्ट बनेका नेपाललाई फकाउन गठबन्धनको बैठक

काठमाडौं : नेकपा एकीकृत समाजवादीले मन्त्रालय भागबण्डाका बारेमा असन्तुष्टि जनाएपछि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय मात्रै दिएको भन्दै असन्तुष्टि जनाएका थिए। पर्यटन, कानुन, श्रम र सहकारी मन्त्रालय मात्रै समाजवादीका भागमा परेका हुन्। चारवटै मन्त्रालय कम महत्व भएको भन्दै समाजवादीभित्र असन्तुष्टि बढेको छ।

आज एकीकृत समाजवादीको बानेश्वरमा बसेको बैठकले मन्त्रालयका बारेमा पुनर्विचार गर्नुपर्ने निष्कर्ष निकालेपछि नेता नेपाल गठबन्धनको बैठकका लागि स्थायी कमिटी बैठकबाट निस्किएको नेता बरोध खतिवडाले जानकारी दिए।

उनले मन्त्रालयका बारेमा यसअघि भएको सहमतिमा केही फेरबदल हुने बताए। कुन मन्त्रालय पाउने भन्नेमा पनि एकीकृत समाजवादीले असन्तुष्टि जनाएको थियो।

'केही यसो मन्त्रालय भएको भए हाम्रो नयाँ पार्टीलाई सहज हुन्थ्यो की भन्ने हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell