PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

बाढी गएको साढे ३ महिनापछि जोडियो मेलम्ची, इन्द्रावती र पाँच पोखरी

बाढी गएको साढे ३ महिनापछि जोडियो मेलम्ची, इन्द्रावती र पाँच पोखरी

पहिलोपोस्ट /पहिलोपोस्ट


  • फूलमान तामाङ

मेल्म्ची :  असार १ गते गएको बाढीले इन्द्रावती र पाँचपोखरी थाङ्पाल गाउँपालिका जोड्ने पक्की पुल बगायो। असारमा गएको बाढीले अपेक्षा नगरेको क्षति पुर्‍यायो मेलम्ची र हेलम्बुमा। बाढीले हेलम्बु जोड्ने पुल समेत बगाउँदा नदी पारी रहेकाहरु सडक संजालबाट टाढिए। यसबिच तीन पालिका जोड्न स्थानीय सरकारले निकै प्रयास गर्‍यो। स्थानीय पनि सडक बनाउन जुटे।

बाढी गएको साढे तीन महिनापछि इन्द्रावती –पाँचपोखरी फेरि सडक संजालले जोडिएको छ। तारा बानियाँ अध्यक्ष रहेको समितिको पहलमा इन्द्रावती -पाँचपोखरी जोड्ने सडक संजाल बुधवारबाट संचालनमा आएको हो।

स्थानीय कान्छा माझीका अनुसार बाटो बनाएर सवारी साधन संचालन विगत ८-९ दिन अघि देखि नै पहल भएको थियो।

हाल नदीको दायाँ बायाँ ५० वटा हिम पाइप हालेर माटो फिलिङ गरेर सम्माइएको छ र बाटो संचालन ल्याइएको छ। यस्तै, हेलम्बु जोड्न फट्टेमा पनि यस्तै पुल बनाइएको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell