PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

टु-स्टेप भेरिफिकेसनलाई आक्रामक बनाउँदै गुगल, पासवर्ड सम्झिनुपर्ने बाध्यता हटाउँदै लैजाने



पहिलोपोस्ट

टु-स्टेप भेरिफिकेसनलाई आक्रामक बनाउँदै गुगल, पासवर्ड सम्झिनुपर्ने बाध्यता हटाउँदै लैजाने
Photo : gadgetsnow.com

काठमाडौं : गुगलले आफ्ना अकाउन्टहरुको सुरक्षालाई थप सुधार गर्न टु-स्टेप भेरिफिकेसन विस्तार गर्दै लगेको छ। २०२१ को सुरुवातदेखि गुगलले टु-स्टेप भेरिफिकेसन प्रक्रिया थालेको थियो।

गुगलले थप १५ करोड प्रयोगकर्ताहरुको खातामा टु-स्टेप भेरिफिकेसन २०२१ को अन्त्यसम्ममा सुरु गर्ने बताएको छ। अकाउन्ट तथा नेटवर्कमा अवैध तथा अज्ञात पहुँच रोक्न टु-स्टेप भेरिफिकेसन प्रभावकारी हुने विश्वास गुगलको छ।

त्यसैगरी, २० लाख युट्युव क्रिएटरहरुले अनिवार्य टु-स्टेप भेरिफिकेसन प्रयोग गर्नुपर्ने गुगलले जनाएको छ। साथै, गुगलले सेभ गरिएका पासवर्ड पनि हेर्न मिल्ने गरी एप मेन्यू पनि रोलआउट गर्ने तयारीमा रहेको बुझिएको छ।

गुगलले विभिन्न संस्थाहरुसँग सहकार्य गर्दै जोखिमयुक्त प्रयोगकर्ताहरुलाई लक्षित गर्दै १० हजारभन्दा बढी सेक्युरिटी कि प्रदान गरेको जनाएको छ।

गुगलले टु-स्टेप भेरिफिकेसन भन्दा बाहेक अन्य सुरक्षित उपायहरुका साथै पासवर्डमा भर पर्नुपर्ने बाध्यतालाई घटाउँदै लैजाने जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell