PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

भैरहवालाई पराजित गर्दै पोखरा एभरेष्ट प्रमियर लिगको फाइनलमा



पहिलोपोस्ट

भैरहवालाई पराजित गर्दै पोखरा एभरेष्ट प्रमियर लिगको फाइनलमा

काठमाडौं : भैरहवा ग्लाडियटरलाई हराउँदै पोखरा राइनोज एभरेस्ट प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ।

बिहीवार कीर्तिपुरमा भएको क्वालिफायरमा पोखराले भैरहवालाई ७ विकेटले पराजित गरेको हो। १० बल बाँकी रहदै पोखराले जित निकालेको हो। योसँगै उसले उपाधिका लागि चितवन टाइगरसँग फाइनल खेल्नेछ। टस जितेर पोखराले भैरहवालाई ब्याटिङको निम्तो दिएको थियो। भैरहवाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ११९ रन जोड्यो।

भैरहवाका लागि कप्तान शरद भेसवाकरले ३२ रन जोड्दा अरिफ शेखले २७ रन जोडे। त्यस्तै, ओपनर रोहित पौडेल १८ रन जोडेर पेवेलियन फर्किँदा दोस्रो क्रमका ब्याट्स म्यान प्रदीप ऐरीले ११ रन मात्र जोडे। त्यस्तै उपुल गरंगाले १० रन जोड्दा धम्मिका प्रसाद ४ रनमा नट आउट रहे। त्यस्तै शर्भिन मुनियन्डी ३ रन र कुशल मल्ले १ रन मात्र जोडे।

पोखराका लागि किशोर महतो र सहान आर्चचिगेले २/२ विकेट लिँदा नन्दन यादव र अशेला गुणरत्नेले १/१ विकेट लिए। पोखराका लागि सहन अर्चिगिले सर्वाधिक ५३ रनको योगदान गरे। विपिन रावलले ४० र रिचार्ड लेभिले १४ रन जोडदा लोकेश बम शुन्य रनमा आउट भएका थिए। रित गौतमले पोखराका लागि ६ रनको योगदान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell