PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

सरकार विस्तारबारे गठबन्धन फेरि अनिर्णित, प्रदेश १ र वाग्मती सरकारको नेतृत्व माधव नेपालको पार्टीले पाउने



पहिलोपोस्ट

सरकार विस्तारबारे गठबन्धन फेरि अनिर्णित, प्रदेश १ र वाग्मती सरकारको नेतृत्व माधव नेपालको पार्टीले पाउने

काठमाडौं : सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक निर्णय विहीन भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रिपरिषद बिस्तारबारे टुंगो लगाउन नसकेको हो।

एकीकृत समाजावादी पार्टीले मन्त्रालय भागबण्डका बिषयमा असन्तुष्टि जनाएपछि सत्ता गठबन्धनका नेताहरुले बालुवाटारमा गठबन्धनको बैठक बोलाएका थिए। उक्त बैठकले कुनै निर्णय नगरेको स्रोतले जानकारी दिएको छ।

मन्त्रालयका बारेमा असन्तुष्ट रहेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मन्त्रालयका बारेमा कुरा नमिलेपछि बैठकको बिचमै निस्किएका थिए। एकीकृत समाजवादीको बानेश्वरमा बसेको बैठकले सरकारमा आफ्नो पार्टीलाई कम महत्वपूर्ण ४ मन्त्रालय दिएकोले पुनरावलोकन गर्ने निष्कर्ष निकालेको थियो। यता जनता समाजवादी पार्टीले पनि मन्त्रीको नाम टुंगो लगाएको छैन्।

यस्तै, गठबन्धनको बैठकले प्रदेश नम्बर १ र वाग्मतीमा एकीकृत समाजवादीलाई सरकारको नेतृत्व दिने निर्णय गरेको बताइएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell