PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दसैं तिहार लक्षित यस्ता छन् नयाँ गीतहरु  



लक्ष्मी बलायर

दसैं तिहार लक्षित यस्ता छन् नयाँ गीतहरु  

काठमाडौं : दसैं सुरु भइसकेको छ। गत वर्ष कोरोनाका कारण केही प्रभावित भएको दसैंको जमघट यसपटक भने फेरि पुरानै लयमा फर्किँदैछ। सँगै दसैं तिहार लक्षित नयाँ गीतहरु समेत सार्वजनिक भए छन्।

असोज ६ गते सपना म्युजिक इन्डष्ट्रिजमार्फत दसैंतिहार विशेष गीत सार्वजनिक भएको छ। गीतको बोल हो ‘दसैं तिहार आइसक्यो’। विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा विष्णुको नै स्वर सुन्न सकिन्छ। साथै गीतमा महिमा आचार्यको कोरस गायन छ।

यो गीतले नेपालको जल्दोबल्दो समसामयिक विषयवस्तुलाई उठान गरेको छ। गीतमा दसैं तिहार आइसकेको र झल्को लाएको परदेशीलाई गाउँमा बोलाइएको भाव समेटिएको छ। जसकारण यस गीतलाई दर्शकले रुचाएका छन्। यो गीतलाई युट्युबमा ४० लाखभन्दा बढीपटक हेरिएको छ।

अर्को दसैं गीत 'मेरो माया राष्ट्र सेवक' पनि सार्वजनिक भएको छ। गीतमा राष्ट्रसेवकहरुले दसैंतिहारमा घर जान नपाउँदाको पीडा देखाइएको छ। घरपरिवार भन्दा राष्ट्र ठुलो हुन्छ भन्ने भाव यो गीतले बोकेको छ।

नरेश एमसीले गीतको शब्द लेखेका हुन भने शिव हमालले गीतमा संगीत भरेका छन्। साथै गीतमा गायिका समिक्षा अभिकारी र धमेन्द्र शाहीको स्वर सुन्न सकिन्छ।

त्यसैगरि गायक प्रकाश सपुतको युट्युब अकाउन्टमार्फत दसैंतिहार गीत सार्वजनिक भएको छ। 'अर्को साल' बोलको यो गीतमा विदेशबाट छोराले जति नै पैसा कमाएर पठाएपनि सन्तान नआउँदाको आमाको पीडा र विदेशिएको छोराले चाडपर्वमा घर आउन पाउँदाको बाध्यता देखाइएको छ।

अशोक शेरचनले शब्द र शान्तीराम राईको म्युजिक रहेको गीतमा गायक प्रविन भेटवालको स्वर सुन्न सकिन्छ।

देवेन्द्र बडुले निर्देशन गरेको भिडियोमा प्रकाश सपुत र हिमवाला गौतमको अभिनय देख्न सकिन्छ। यो गीतलाई युट्युबमा निकै रुचाइएको छ। गीतलाई तीन दिनमै ४ लाख बढीले हेरेका छन्।

गायक एवं संगीतकार टंक बुढाथोकीले ‘दसैं आयो तिहार आयो’ बोलको गीत ल्याएका छन्।

टंक र बुनु उप्रेतीको शब्द एवं संगीत रहेको गीतमा टंक बुढाथोकी, अशोक दर्जी, बुनु उप्रेती, प्रकाश आचार्य, कविता शिवाकोटी, विन्दु परियार, दक्षता श्रेष्ठको स्वर छ। गाउँघरको कथा र ब्यथालाई यस गीतमा प्रस्तुत गरिएको छ।

टंककै कथा, कन्सेप्ट तथा निर्देशनमा यसको भिडियो तयार गरिएको हो। गीतको भिडियोमा लक्ष्मी गिरी, सुरवीर पण्डित, टंक बुढाथोकी, अशोक दर्जी, बुनु उप्रेती, दक्षता श्रेष्ठ, सोनु चापागाईँ, मबिना थापा, राजु सेञ्चुरी लगायतको अभिनय छ। यो गीतलाई युट्युबमा २७ लाख बढीले हेरेका छन्।

त्यसैगरि गायिका देविका बन्दनाको स्वरमा 'हेप्पी दसैं हेप्पी तिहार- दुबो जस्तै मौलाइरहनु' बोलको गीत सार्वजनिक भएको छ। यो गीतमा दसैंतिहारको शुभकामना तथा दसैंमा दिइने आर्शिवादको विषयवस्तु समेटिएको छ।

भरत भट्टले लेखेको गीतको शब्दमा देविका बन्दनाका साथै भरत भट्टले स्वर भरेका छन्। युट्युवमा कम भ्यूज भएता पनि यो गीतलाई टिकटकमा भने निकै रुचाइएको छ।

गायक नरेश रेग्मीको ‘आयो दसैं’ बोलको गीत सार्वजनिक  भएको छ। शिव हमालको शब्द तथा संगीत रहेको गीतमा नरेश रेग्मी र देवि घर्तिको स्वर रहेको छ।

गीतको भिडियोमा अभिनेता पुष्प खड्का र तनुजा वलीको अभिनय देख्न सकिन्छ। यो गीतमा विदेशीन बाध्य केटा र नेपालमै रहेकी केटीको प्रेम पीडा देखाइएको छ।

रेशम सापकोटाको 'धान झुल्दैछ कोदो फुल्दैछ' गीत पनि सार्वजनिक भएको छ। गीतमा दसैंतिहारमा हुने गाउँको माहोल र शहरबाट गाउँ फर्किदाको रमाइलो पललाई समेटिएको छ। 

रेशम सापकोटाको शब्द र संगीत रहेको गीतमा रेशम सापकोटा र किरण शर्माको स्वर सुन्न सकिन्छ।

गायक खुमन अधिकारीले पनि दसैंतिहार विशेष गीत ल्याएका छन्। 'आउँदैछु गाउँतिर' बोलको गीतमा दसैंमा आउँछु पिर नमान्नु भनेर देखाइएको छ।

विष्णु न्यौपानेको शब्द, खुमन अधिकारीको संगीत संकलन, सुनिल परियारको एरेन्ज रहेको गीतमा खुमनसँगै सुनिता बुढा क्षेत्री, चिज गुरुङ, दिया नेपालको स्वर छ।

जेरी भण्डारीको निर्देशनमा बनेको भिडियोमा अञ्जली अधिकारी र अभिषेक खड्काको अभिनय छ। यो गीतलाई दर्शकले युट्युबमा ५ लाख बढीले हेरेका छन्।

गायक प्रमोद खरेलको स्वरमा पनि 'दसैं आयो तिहार आयो' गीत सार्वजनिक भएको छ। गीतमा ऋषि खड्काको शब्द र संगीत रहेको छ। यो गीतमा पनि विदेशिएका नेपालीहरुको पीडा देखाइएको छ।

लोकदोहोरी गायक पुस्कल शर्माले पनि दसैंतिहार लक्षित गीत ल्याएका छन्। गीतको बोल हो ‘दाजुभाइ’। पुस्कलकै शब्द, संगीत रहेको गीतमा पुस्कर र कुशल बेल्वासेले स्वर दिएका छन्।

गायक पुस्कलकै निर्देशनमा बनेको भिडियोमा उनी स्वयंका साथमा अञ्जली अधिकारी, सुरज घिमिरे, हिउँवाला गौतम लगायतको अभिनय छ। पुस्कलले परदेशीको कथामा यो गीत तयार पारेका हुन् ।

पशुपति शर्माले पनि दसैं गीत सार्वजनिक गरेका छन्। पशुपति शर्मा, शान्तिश्री परियार र सुप्रिम मल्ल ठकुरीको स्वरमा ‘ताराबाजी लै छोरा’ बोलको दसैं गीत आएको छ। यस गीतमा बाबुआमा र छोराबीचको प्रेमलाई व्यक्त गरिएको छ।

दुर्गा पौडेलको शब्द, संगीत रहेको गीतको म्युजिक एरेन्जर विनोद बाजुराली हुन् । दुर्गा पौडेलकै निर्देशनमा बनेको भिडियोमा पुशपति, अञ्जली अधिकारी र सुप्रिम मल्ल ठकुरीको अभिनय छ। यो गीतलाई ९ लाख बढीले हेरेका छन्।

त्यसैगरि अभिनेत्री पुजा शर्मा र अभिनेता पुष्प खड्काको अभिनय रहेको 'सरर' बोलको दसैंतिहार गीत सार्वजनिक भएको छ।

रमाइलो गीतमा रानी शाक्यको स्वर सुन्न सकिन्छ। गीतको शब्द राजेश शाक्यले लेखेका हुन्। भर्खरै रिलिज भएको यो गीतले पनि युट्युबमा राम्रो भ्यूज पाइरहेको छ।

बिहानी क्रियशनबाट 'दसैं आयो' बोलको गीत पनि आएको छ। यो गीतमा गायक राजु परियार, शान्ति श्री परियार, अर्जुन सापकोटा, कृष्ण गैरे दिपिकf बयम्बु र गीता गैरेको स्वर रहेको छ।

हुम गैरेले गीतको शब्द लेखेका  हुन् भने गीतमा नन्दु परिवारको संगीत रहेको छ। रमाइलो भाकालाई युट्युबमा रुचाइएको छ। २ लाख ७८ हजारभन्दा बढीले यो गीत हेरिसकेका छन्।

गायक खेम सेन्चुरीले पनि 'नेपाल जान मन लायो'  बोलको दसैंतिहार गीत ल्याएका छन्। बाध्यताले विदेश पुगेका नेपालीहरुले चाडपर्व नजिकिँदै गर्दा नेपाल आउन चाहेको इच्छालाई गीतमा देखाइएको छ।

गीतमा खेम सेन्चुरी र सम्झना भण्डारी र अनिश दवाडी स्वर सुन्न सकिन्छ। शुष्मा राईको शब्द रहेको गीतमा खेम सेन्चुरीको म्युजिक रहेको छ।

त्यसैगरि देवी घर्ती मगरको स्वरमा दसैंतिहार विशेष गीत 'दसैंतिहार' बोलको गीत पनि सार्वजनिक भएको छ।

यो गीतमा देवी घर्तीका साथै कस्तुप पन्तको पनि स्वर सुन्न सकिन्छ। केशव सापकोटाले म्युजिक भरेका छन्। कश्तुप पन्तको शब्द रहेको छ। गीतको भिडियोमा जीवी चिरन (चिरन्जिवी सापकोटा) र निरुता शाहीको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell