PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

रामकुमारी झाँक्रीले स्वास्थ्य र विरोध खतिवडाले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने



पहिलोपोस्ट

रामकुमारी झाँक्रीले स्वास्थ्य र विरोध खतिवडाले शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने
रामकुमारी झाँक्री जसलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले हिरासतमा पुर्‍याएको थियो। उनको अभिव्यक्तिलाई लिएर ओली सरकारले गाली बेइज्जतीमा मुद्दा लगाउन खोजे पनि पछि फिर्ता लिएको थियो।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने नेताहरुको जिम्मेवारी टुंग्याएको छ।

एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले सरकारमा सहभागी हुन लागेका चार नेताको जिम्मेवारी तोकेको हो। नेताहरुको जिम्मेवारी बाँडफाँड गरिएकोबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र लेख्ने तयारी भएको नेता गंगालाल तुलाधरले जानकारी दिए।

'अध्यक्षले केही वर्कआउट गरिरहनु भएको छ। मैले पत्र लेखेर प्रधानमन्त्रीको सचिवालयमा पठाउन मात्रै बाँकी छ,' उनले भने। पार्टी कार्यालय सचिवका हैसियतमा उनले नै पत्र लेख्ने हो।

सचिवालयको बैठकले रामकुमारी झाँक्रीलाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय छ। विरोध खतिवडालाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने टुंगोमा पुगेको समाजवादीले पर्यटन मन्त्रालयमा प्रेम आलेलाई र श्रम मन्त्रालयमा किसान श्रेष्ठलाई पठाउने निर्णय भएको छ।

नेकपा एमाले विभाजन गरेर बनेको एकीकृत समाजवादी पहिलो पटक सरकारमा सामेल हुन लागेको हो। एक राज्यमन्त्री सहित समाजवादीको भागमा ४ मन्त्रालय छन्। वाग्मती र प्रदेश नम्बर एकको मुख्यमन्त्री पाएको सत्ता साझेदार समाजवादीले थोरै मन्त्रालय पाएकोमा असन्तुष्टि जनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell