PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कसरी गराउने सपथ? देउवाले गरे राष्ट्रपति भण्डारीसँग छलफल



पहिलोपोस्ट

कसरी गराउने सपथ? देउवाले गरे राष्ट्रपति भण्डारीसँग छलफल
राष्ट्रपति निवास गेटको फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निवास शितल निवासमा सपथ ग्रहणको विषयमा छलफल गरेका छन्।

देउवाले मन्त्रिपरिषद बिस्तारका बारेमा भण्डारीसँग छलफल गरेका हुन्। सपथ सम्बन्धि अध्यादेश खारेज भएको र नयाँ कानुन पनि बनिनसकेको अवस्थामा कुन आधारमा सपथ गराउने भन्नेबारेमा छलफल भएको हो। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले राष्ट्रपति र प्रधानमन्त्री बिच कुराकानी भएको बताए। यद्यपि, देउवाले मन्त्री हुने नेताहरुको नाम भने राष्ट्रपतिकहाँ बुझाएका छैनन्।

'अहिले त्यस्तो केही आएको छैन। मन्त्रीहरु को को हुने भन्ने जानकारी छैन,' अधिकारीले भने। यसअघि परराष्ट्र मन्त्री डा नारायण खड्काले लिएको सपथ विवादमा परेको थियो।

सत्ता गठबन्धनका नेताहरुले नै प्रधानमन्त्री देउवालाई मन्त्रीहरुको अन्तिम सूची बुझाइनसकेकाले देउवाले राष्ट्रपतिलाई मन्त्री हुनेहरुको सूची नबुझाएका हुन्। नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले पार्टीबाट हुने मन्त्रीहरुको नाम टुङ्ग्याइसकेका छन् भने नेपाली कांग्रेसले अझै मन्त्रीबारे अन्तिम निर्णय गरिसकेका छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell