PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

शाहरुखका छोरा आर्यनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइयो



पहिलोपोस्ट

शाहरुखका छोरा आर्यनलाई १४ दिनको न्यायिक हिरासतमा पठाइयो
PHOTO : ET

लागु औषध कारोबारमा पक्राउ परेका साहरुख खानका छोरा आर्यन खानलाई न्यायिक हिरासतमा पठाइएको छ। अदालतको आदेशमा आर्यनलगायत ८ जना आरोपीलाई १४ दिनको न्यायिक हिरासतमा पठाइएको हो।

आर्यनका वकिलले अग्रिम जमानत र नियमित जमानत दुवैको लागि अदालतमा निवेदन दिइएका छन्। यसै केस माथि आज अदालतमा सुनुवाइ भइरहेको छ

आर्यन खान र उनीसँगै पक्राउ परेका ७ जनाको एनसीबीको हिरासत समय सकिएको छ। एनसीबीले उनीहरूलाई ११ अक्टोबरसम्म हिरासतमा राख्न माग गरेको थियो। तर, अदालतले उनीहरूको माग स्वीकार गरेन्। हिजो नै सबै आरोपीलाई न्यायिक हिरासतमा पठाइदियो।

१४ दिन न्यायिक हिरासतमा राख्ने निर्णयपछि आर्यनका वकिल सतिश मानशिंदेले आफूले जमानतको लागि अदालतमा अन्तिम निवेदन दिइसकेको बताए। साथै उनीहरूलाई न्यायिक हिरासतमा राखे पछि आफूसँग बोल्ने अधिकार रहेको समेत सुनाए। आर्यनलाई जमानत मिल्छ वा मिल्दैन आज अदालतले निर्णय गर्नेछ।

आइतबार मुम्बईको समुद्री किनारमा क्रुज सिपमा भएको एक पार्टीमा छापा मारेर आर्यनसहित अन्य सात जनालाई एनसीबीले पक्राउ गरेको थियो। छापाबाट एनसीबीले १३ ग्राम कोकेन, २१ ग्राम चरेस, २२ एमडीएमएका चक्की र ५ ग्राम एमडी फेला पारेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell