PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

अरुणाञ्चलमा चिनियाँ र भारतीय सेना आमने सामने : केही चिनियाँ सेनालाई नियन्त्रणमा लिएको भारतीय दाबी



पहिलोपोस्ट

अरुणाञ्चलमा चिनियाँ र भारतीय सेना आमने सामने : केही चिनियाँ सेनालाई नियन्त्रणमा लिएको भारतीय दाबी
फाइल फोटो : टाइम्स अफ इन्डिया

भारतले केही चिनियाँ सेनाका जवानहरूलाई सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको दावी भारतीय सञ्चार माध्यमहरूले सार्वजनिक गरेका छन्।

उच्च स्रोतको हवाला दिँदै न्युज १८ ले भारतीय सेनाले अरुणाञ्चल प्रदेशको थावाङ क्षेत्रबाट ती चिनियाँ सेनाका जवालाई पक्राउ नियन्त्रणमा लिएको दाबी गरेको छ।

समाचारमा दुई सयको हाराहारीमा चिनियाँ सेनाहरू तिब्बतबाट भारत नियन्त्रित क्षेत्रमा प्रवेश गरी बङ्करहरू भत्काउने प्रयास गरेको दाबी गरिएको छ।

यो घटना गत साता बुम ला पास र याङत्सेको सीमा क्षेत्र लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) नजिक भएको बताइएको छ।

स्रोतका अनुसार चिनियाँ प्रवेशलाई भारतीय सेनाले असफल पारेको र केही चिनियाँ अल्पकालीन रूपमा हिरासतमा राखिएको दाबी गरिएको छ।

यता टाइम्स अफ इन्डियाले १० दिन अगाडि चिनियाँ १०० सैनिक भारतीय भूमिमा प्रवेश गरेको र त्यस क्षेत्रमा दुवै पक्षका सेनाहरू शारीरिक रूपमा आमनेसामने भएको दाबी गरेको छ।

‘दुवै पक्ष लाइन अफ एक्चुअल (एलएसी)को आफ्नो क्षेत्रमा पेट्रोलिङ गरिरहेका थिए। यो लाइन स्पष्ट रूपमा कोरिएको छैन। दुवैले आफ्नो दाबी गरेका छन्। त्यस दिन दुवै पक्ष आमनेसामने भए। यो क्रम केही घटना जारी रह्यो। यस क्रममा हाम्रो कुनै पनि रक्षा अथवा बङ्करमा क्षति पुगेको छैन,’ स्रोतलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले भनेको छ।

उच्च स्रोत भन्दै प्रकाशित समाचारमा दुवै पक्ष आफ्नो क्षेत्रमा पेट्रोलिङ गर्ने क्रममा कहिलेकाहीँ आमनेसामने हुने गरेको र यसलाई स्थापित प्रोटोकल मार्फत् व्यवस्थापन गर्न दुवै पक्ष सहमत भएकोसमेत बताइएको छ।

पछिल्लो समय भारतले थावाङ क्षेत्रमा अधिक सङ्ख्यामा फौज परिचालन गरेको छ। सो क्षेत्रलाई चीनले दक्षिण तिब्बतको क्षेत्रको रूपमा दाबी गर्दै गएको छ।

भारतीय सेनाले सो क्षेत्र कब्जा गरेको भन्दै चिनियाँ सैनिक पटक पटक सो क्षेत्रमा प्रवेश गरी बङ्कर भत्काउने प्रयास गर्दै आएका छन्।

यस घटना चिनियाँ र भारतीय सेनाको कर्पस् कमान्डर तहको १३ औँ चरको बैठक बस्नु एक साता अगाडि बाहिर आएको हो। भारत र चीनबिच पूर्वी लद्दाकमा १७ महिना लामो सैन्य टकराव मत्थर भइसकेको छैन। त्यसलाई समाधान गर्नकालागि १२ औँ चरणका वार्ता भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell