PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

देउवा सरकारमा कांग्रेसबाट यी नेता बन्दैछन् मन्त्री, रिजाललाई रक्षा मन्त्रालयको जिम्मेवारी



पहिलोपोस्ट

देउवा सरकारमा कांग्रेसबाट यी नेता बन्दैछन् मन्त्री, रिजाललाई रक्षा मन्त्रालयको जिम्मेवारी

काठमाडौं : नेपाली कांग्रेसबाट मिनेन्द्र रिजाल रक्षा मन्त्री बन्ने भएका छन्। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम टुंगो लागेको बताएकी हुन्।

जसमध्ये उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ। यस्तै, दिलेन्द्रप्रसाद बडुलाई कानुन मन्त्री बनाइने भएको छ। यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्र कार्कीलाई संचार मन्त्रीको जिम्मेवारी दिइनेछ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदमा उमा रेग्मीलाई महिला तथा बालकालिका मन्त्री बनाइने भएको छ।

कांग्रेसबाट यसअघि गृहमन्त्रीको जिम्मेवारी बालकृष्ण खाँण र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी उमेश श्रेष्ठले सम्हालिरहेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell