PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

कलम चुनाव चिन्हका लागि माधव नेपालले जीवन राईको पार्टीसँग गराए औपचारिक एकता



पहिलोपोस्ट

कलम चुनाव चिन्हका लागि माधव नेपालले जीवन राईको पार्टीसँग गराए औपचारिक एकता

काठमाडौं : कलम चुनाव चिन्ह राख्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत पार्टीसँग औपचारिकरुमा एकता गरेका छन्।

निर्वाचन आयोगमा कलम चुनाव चिन्ह दाबी गर्नका लागि एकीकरण भएको देखिनुपर्ने भएकाले नेपालले एकीकृतका अध्यक्ष जीवन राईको पार्टीसँग एकीकरण भएको हो। नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव गंगालाल तुलाधरले वैधानिक रुपमा एकता आवश्यक परेकाले विभिन्न विषयमा सम्झौता गर्दै औपचारिक एकता भएको बताए।

राई नेपाल निकट नेता पनि हुन्। उनले नेकपा एमाले विभाजन अघि नै नेकपा एकीकृत दल निर्वाचन आयोगमा दर्ता गराएका थिए। त्यतिबेला राईले नेता नेपालको निर्देशनमा पार्टी दर्ता गरेको बताइएको थियो।

दुवै पार्टीबिच ८ बुदे सहमति सहित एकताको घोषणा भएको हो। सम्झौतापत्रमा मार्क्सवाद-लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, चुनाव चिन्ह कलम राख्ने, समाजवादी रुपान्तरणका लागि प्रतिवद्ध हुने लगायतका बुँदा उल्लेख गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell