
काठमाडौं : भारतीय ट्वीटर प्रयोगकर्ता माझ आज एकाएक 'नेपाल' ट्रेन्डिङमा आयो। भारतको उत्तर प्रदेशमा भएको एक घटनाको विषयलाई लिएर नेपाल एकाएक ट्रेन्डिङमा आएको हो। यो समाचार तयार पार्दासम्म नेपाल (अंग्रेजीमा) ट्रेन्डिङको १४ नम्बरमा छ भने 'नेपाल भाग' (हिन्दीमा) ट्रेन्डिङको १९ नम्बरमा छ।
युपीको लखीमपुरमा भएको किसानको हत्याका अभियुक्त मोदी सरकारका गृह राज्यमन्त्री अजय मिश्र तेनीका छोरा आशिष मिश्र नेपाल भागेको भन्दै ट्वीटरमा भारतीय प्रयोगकर्ताले नेपाललाई ट्रेन्डिङमा ल्याएका हुन्। यस घटनालाई जोडेर विपक्षीहरुले मोदी सरकारमाथि आक्रमणमा उत्रिएका हुन्।
घटनालाई लिएर गृहराज्यमन्त्री अजयले लखीमपुर खीरी घटना दुर्भाग्यपूर्ण भएको भन्दै घटनामा आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै चार दिन अगाडि मात्र उत्तर प्रदेशका मुख्यमन्त्रीसँग दोषीलाई कारवाही गरी घटनाको छानविन गर्न माग गरेका थिए।
तर, घटनामा उनका छोरा नै संलग्न रहेको भन्ने खबर आएपछि उनको आलोचना भइरहेको छ।
घटनालाई जोडेर आजाद समाज पार्टीका प्रवक्ता सुरजकुमार बौद्धले शक्तिको दुरुपयोग गरेर आफ्ना हत्यारा छोरालाई अजय मिश्रले नेपाल भगाएको आरोप लगाएका छन्।
ट्वीटरमा ट्रेन्डिङ चलिरहँदा गृह राज्यमन्त्री मिश्र प्रहरीलाई अवार्ड वितरण गर्ने कार्यक्रममा सहभागी थिए।
एक प्रयोगकर्ताले ट्वीट गरेका छन्- 'अभूतपूर्व निर्लज्ताको स्वर्णिम यात्रा' हत्याका अभियुक्त फरार छन्। सुनिएको छ उनी नेपाल भागेका छन्। तर, फरार अभियुक्ता बाबु प्रहरीलाई अवार्ड दिइरहेका छन्, देशको गृह राज्यमन्त्रीको नाताले। निर्दोष हुन त किन भागे? दोषी हुन् त बाबुले राजीनामा किन दिएनन्?'
त्यहीँ, आम आदमी पार्टीका सांसद नरेश बाल्यानले लेखेका छन्- 'नेपाल भाग्यो। जहाँ उसको पिता अजय मिश्र तस्करी गर्थे डिजलको, चन्दनको काठको। यदि पिता केन्द्रीय गृह राज्यमन्त्री हुन त छोरा यस्तै बलात्कारी, हत्यारा, अपराधी र चोर न हुन्छन्।'
उनले लगत्तै अर्को ट्वीट गरेका छन् माथिको ट्वीटको स्क्रिनसटसहित। जहाँ अजय मिश्रले उक्त ट्वीटलाई रिट्वीट गरेका छन्।
'मैले ट्वीट गरे कि अजय मिश्र तपाईँका आतंककारी छोरो नेपाल भाग्यो जहाँ तपाईँले तस्करी गर्नुहुन्थ्यो... मेरो कुरा र आफ्नो छोरोको कुकर्मप्रति सहमति जनाउँदै अजय मिश्रले रिट्वीट गरेका छन्। उनी आफ्नो कुकर्म र छोरोको कुकर्मप्रति आफैँ सहमत छन्।'
मैंने ट्वीट किया कि @ajaymishrteni आपका आतंकी बेटा नेपाल भाग गया, जहाँ आप तस्करी किया करते थे डीजल और चंदन की लड़की का, मेरे बात से और अपने बेटे के कुकर्म से सहमत हो कर अजय मिश्रा ने रिट्वीट कर दिया। वो भी अपने कुकर्म और बेटे के कुकर्म से खुद ही सहमत है। रिट्वीट देखिये इनका। pic.twitter.com/6gQ6JuH6HK
— MLA Naresh Balyan (@AAPNareshBalyan) October 8, 2021
यद्यपि, हामीले मिश्रको ट्वीटर अकाउन्ट हेर्दा उनले रिट्वीट गरेको फेला पारेनौँ। हुनसक्छ उनले रिट्वीट अन डू गरिसके।
छोरामाथि आरोप लागिरहेका बेला गृह राज्यमन्त्री लखनउ पुगेका छन् जहाँ उनलाई पत्रकारहरूले घेरे पनि प्रश्न छलेर हिँडेको भिडियो पत्रकार विनोद काप्रीले ट्विट गरेका छन्।
मोदी के मंत्री का बेटा पुलिस से भागता फिर रहा है
— Vinod Kapri (@vinodkapri) October 8, 2021
और
मोदी के मंत्री पत्रकारों से भागते नज़र आ रहे हैं।
लखनऊ एयरपोर्ट पर मंत्री @ajaymishrteni पर सवालों की झड़ी लगाने वाले इन सभी पत्रकारों की जय हो
ज़िंदाबाद !! यही तो काम है। सवाल पूछना। फिर ज़िंदाबाद 👏👏 pic.twitter.com/03IRjdrR0Z
त्यस्तै, ट्वीटरमा विपक्षी दलका कार्यकर्ताहरु राज्यमन्त्रीसँगै मोदीमाथि पनि खनिएका छन्- 'मुसलमानलाई पाकिस्तान धपाउनेवाला आज नेपाल भागेको छ।'
बीबीसीका पत्रकार मीना कोतवालले लेखेकी छिन् - मन्त्रीका लाल भाग गया नेपाल!!
अर्का पत्रकार जिब्रान उद्दीनले लेखेका छन्-
क्या मतलब है नेपाल भाग गया?
— जिब्रान उद्दीन | جبران الدین (@jibraan_uddin) October 8, 2021
जितने दिनों की छूट मिली थी, उतने में तो कोई आराम से टहलते हुए भी Nepal जा सकता था।
अर्का एक प्रयोगकर्ताले लेखेका छन्-
"चौकीदार सो गया
— Mahesh sharma (@Maheshs46417443) October 8, 2021
मंत्री का बेटा नेपाल भाग गया !!
यही आम जनता में कोई होता तो पुलिस अब तक आरोपी के न मिलने पर उसके बाप को उठा लेता !!#एक राष्ट्र दो कानून
यसैबिच, घटनामा आफ्नो छोरा दोषी नभएको गृह राज्यमन्त्री मिश्रले बताएका छन्। लखनउ पुगेका उनले आफ्ना शुक्रवार आफ्नो छोराको स्वास्थ्यको कारण प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै शनिवारसम्म उपस्थित हुने जानकारी दिए।
त्यस्तै, युपीका मुख्यमन्त्री योगी आदित्यनाथले दबाबमा आएर कुनै पनि निर्णय नलिने र कसैलाई अन्याय हुन नदिने बताएका छन्।
गत अक्टोबर ३ मा उत्तर प्रदेशको लखीमपुर खेरीमा भएको हिंसाका क्रममा ८ जनाको मृत्यु भएको थियो। जसमध्ये ४ जना किसान थिए।
घटनामा गृह राज्यमन्त्री मिश्रका छोराको संलग्नता रहेको भन्दै उजुरी दर्ता भएको छ। घटनामा एउटा डोजर सर्वसाधारणमाथि गुडाइएको थियो।