PahiloPost

May 11, 2026 | २८ बैशाख २०८३

वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता



पहिलोपोस्ट

वाग्मतीकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गरेकी छिन्। शुक्रवार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई प्रस्ताव दर्ताका लागि पत्र बुझाएका हुन्।

शाक्यले नेकपा एमाले विभाजन भएकाले संविधानको धारा १८८ को उपधारा २ तथा प्रदेशसभा नियमावली २०७४ को नियम १४३ को उपनियम १ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रस्ताव दर्ता गराएकी हुन्। 

शाक्यले विश्वासको मत लिन प्रदेश सरकारले असोज २४ गते प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

वाग्मती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । नयाँ प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गरेसँगै हाल एमालेमा ४३ सांसद मात्र रहेका छन्।

केन्द्रमा वाग्मतीको नयाँ मुख्यमन्त्री नेकपा एकीकृत समाजवादी बनाउन सहमति भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell