A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.698ec433a966b0.46786399): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.698ec433a966b0.46786399,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ
PahiloPost

Feb 13, 2026 | १ फागुन २०८२

शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ



पहिलोपोस्ट

शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी छिन्। राष्ट्रपति निवास शीतल निवासमा भण्डारीले मन्त्रीहरुलाई सपथ ग्रहण गराएकी हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा आजै राष्ट्रपति भण्डारीले १८ जना मन्त्रीहरुलाई नियुक्त गरेकी हुन। देउवा सरकारले गठन भएको ८८ दिनमा पूर्णत पाएको हो। गठबन्धनको भागबण्डा गरेर शुक्रवार मन्त्रिपरिषद विस्तार भएको हो।

मन्त्री को-को?

देउवा सरकारमा दोस्रो र तेस्रो वरियतामा नेपाली कांग्रेसका मन्त्रीहरू छन्। कांग्रेसबाट गृहमन्त्री भएका बालकृष्ण खाँण दोस्रो र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की तेस्रो वरियतामा राखिएका छन्। चौथो वरियतामा नेकपा माओवादी केन्द्रको नेतृत्व गर्दै सरकारमा सहभागी पम्फा भुसाललाई राखिएको छ।

भुसालको नेतृत्वमा माओवादीका जनार्दन शर्मा अर्थ, देवेन्द्र पौडेल शिक्षा, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री र महेश्वर जङ्ग गहतराज युवा तथा खेलकुद मन्त्री देउवा सरकारमा सहभागी भएका छन्। त्यस्तै शिक्षा मन्त्रालयमा बोधमायाकुमारी यादव राज्यमन्त्री बनाइएको छ।

त्यस्तै, राजेन्द्र प्रसाद श्रेष्ठको नेतृत्वमा जसपा सरकारमा सहभागी भएको छ। श्रेष्ठ देउवा क्याबिनेटमा पाँचौँ वरियतामा छन्। उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व गरेका छन्। त्यस्तै रेणुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायात, महिन्द्र राय यादव कृषि तथा पशुपन्छी, रामसहाय प्रसाद यादव वन तथा वातावरण मन्त्री बनाइएका छन्।

देउवा क्याबिनेटमा छैटौँ वरियतामा रहेर विरोध खतिवडाले एकीकृत समाजवादीको नेतृत्व गर्ने भएका छन्। खतिवडालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। एकीकृत समाजवादीबाट प्रेमबहादुर आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, रामकुमारी झाँक्री सहरी विकास, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा, साथै भवानी प्रसाद खापुङ स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

कांग्रेसबाट मिनेन्द्र रिजाल रक्षा मन्त्रालय सहित ८ औँ वरियतामा छन्। उमाकान्त चौधरी खानेपानी, डाक्टर नारायण खड्का परराष्ट्र, दिलेन्द्रप्रसाद बडू कानुन, उमा रेग्मी महिला बालबालिका तथा ज्येष्ठ नागरिक, र उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयको राज्यमन्त्री भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell