PahiloPost

Aug 11, 2026 | २६ साउन २०८३

थापाथलीमा यसरी चल्दै सहुलियतको खसीबोका बिक्री, किलोमा १० रुपैयाँ छुट

थापाथलीमा यसरी चल्दै सहुलियतको खसीबोका बिक्री, किलोमा १० रुपैयाँ छुट

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको थापाथलीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका बिक्री थालेको छ। चाडपर्व लक्षित खसीबोका बिक्री आजबाट शुरु गरेको हो।

पहिलो लटमा दाङ र हेटौंडाबाट ५३२ वटा खसीबोका ल्याएको खाद्यले जनाएको छ। खसीबोकाको मुल्य ६५० रुपैयाँ प्रतिकेजी तोकिएकोमा प्रतिकेजी १० रुपैयाँ छुट दिएर बिक्री गरिँदैछ। यो वर्ष खाद्यले दुई हजार खसीबोका बिक्री गर्ने जनाए पनि बजारको माग बढेमा सोअनुसार खसीबोका बढाउने तयारी छ।

अघिल्लोपटक खसीबोकाको मुल्य केजीको ५५० रुपैयाँ तोकिएको थियो। यसपटक खसीबोका किन्नेको लाइन लागेको छ। एक व्यक्तिले एउटामात्र किन्न पाइने व्यवस्था खाद्यले गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell