PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

‘पढदै : कमाउँदै’ कार्यक्रम संचालन गर्दै सरकार



पहिलोपोस्ट

‘पढदै : कमाउँदै’ कार्यक्रम संचालन गर्दै सरकार

काठमाडौं : सरकारले ‘पढदै : कमाउँदै’ कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।

शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफलमा उनले उक्त कार्यक्रमबाट मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास व्यक्त गरे। शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिईरहेको पनि उनले बताए।

‘अहिले पढदैः कमाउँदै भन्ने कार्यक्रम संचालनमा ल्याउने गरी तयार भएको छ। त्यसलाई लेख्ने बेला बिग्रिएन भने राम्रो परिणाम देला भन्ने मलाई विश्वास छ। त्यस कारणले अब हामीलाई चाहिएको विकास भनेको उत्पादनमा आधारित हुनुपर्‍यो, हाम्रो शिक्षा’ उनले भने।

अर्थमन्त्री शर्माले शिक्षा क्षेत्रमा लगानी बढाउन आफूले राजस्व संकलन वृद्धि गर्न जोड दिएको बताए। उनले शिक्षा क्षेत्रलाई समयानुकूल बनाउन प्रविधिको विकास गर्नुपर्नेमा सरकार सचेत रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell