PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

साफ च्याम्पियनसीप : आज नेपालले भारतको सामना गर्दै



पहिलोपोस्ट

साफ च्याम्पियनसीप : आज नेपालले भारतको सामना गर्दै
FILE PHOTO

काठमाडौं : साफ च्याम्पियनसीप अन्तर्गत आज नेपालले भारतको सामना गर्दैछ। माल्दिभ्समा जारी प्रतियोगितामा राति ९:४५ बजे नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ।

माल्दिभ्समा दुई खेल जितेको नेपालले आज भारतलाई पनि पराजित गर्ने लक्ष्य लिएर मैदानमा उत्रनेछ। भारत बलियो टोली भएपनि नेपालले आजको खेल जित्न मिहिनेत गर्ने नेपाली टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।

भारत पनि आजको खेल जित्दै प्रतियोगिताको उपाधिमा दाबी पेश गर्ने प्रयासमा रहने भारतीय पक्षले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell