PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

नवनियुक्त मन्त्री हमालको राजीनामा स्वीकृत



पहिलोपोस्ट

नवनियुक्त मन्त्री हमालको राजीनामा स्वीकृत

काठमाडौं : नव नियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट दिएको राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वीकृत गरेका छन्।  

प्रधानमन्त्री  देउवाले नै हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनाका लागि निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनअनुसार नै आइतवार बिहान हमालले राजीनामा गरेका हुन्।

विभिन्न संचार माध्याममा आएका समाचार र कानुनविद्हरुले प्रश्न उठाएपछि हमालले पदबाट राजीनामा गरेको बताएका छन्। 

‘सम्माननीय प्रधानमन्त्रीज्यू म लामो समयदेखि कांग्रेसको विभिन्न पदहरुमा सक्रिय रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मुल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु,’ हमालले राजीनामा पत्रमा लेखेका छन्। 

उनले राजीनामामा आफ्नो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडेर समाचार प्रवाह भएको गुनासो गरेका छन्। 'मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकै बिच मन्त्री पदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजीनामा दिएको छु,’ उनले भनेका छन्।

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतवार बिहान नै स्वीकृत गरेका हुन्। हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील छन् । उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell