PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

प्रहरी हिरासतमा थुनुवाको मृत्यु, तनावग्रस्त जिल्ला प्रहरी कार्यालय सुनसरी



पहिलोपोस्ट

प्रहरी हिरासतमा थुनुवाको मृत्यु, तनावग्रस्त जिल्ला प्रहरी कार्यालय सुनसरी

काठमाडौं : थुनुवाको मृत्युको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा दोहोरो झडप भएको छ।

भोक्राहा ५ का मोहम्मद हकिम साहको हिरासतमै मृत्यु भएको थियो। परिवारले यसलाई हत्या भन्दै आए पनि प्रहरीले भने 'आत्महत्या' बताउँदै आएको छ।

हिरासतमा ज्यान गुमाएका पीडितका आफन्तसहितको भिड प्रहरीमाथि खनिएपछि दोहोरो झडप भएको हो। ढुङ्गामुडा पछि प्रहरीले प्रर्दशनकारीलाई लखेट्न आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ। झडपमा प्रहरीसहित दश जनाभन्दा धेरै घाइते भएका छन्। प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्ग समेत अवरुद्ध पारेका छन्। प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै उनीहरुले लास नबुझ्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएकाले प्रहरीमाथि आक्षेप लगाउनु अनुचित रहेको बताए। उनले घटना अनुसन्धानको क्रममा रहेकाले छानविन हुने जानकारी दिए।

प्रहरीले प्रर्दशनकारीलाई हटाउन पटकपटक प्रयास गरे पनि असफल रह्यो। झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षति समेत पुगेको छ। प्रहरी कार्यालय र इनरुवा बजार क्षेत्रमा धेरै संख्यामा प्रहरी परिचालन गरिएको छ। सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साह अनुसन्धानका क्रममा थुनामा थिए। पीडित पक्षले भने केटाकेटी राजीले भागेको विषयमा राजनीति लादिएको बताएका छन्। उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell