PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु



पहिलोपोस्ट

बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं : बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने ३५ वर्षीय बेचन दहितको आक्रमणका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए।

राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किंदै गर्दा हात्तीले आक्रमण गरेको थियो। उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell