PahiloPost

Apr 11, 2026 | २८ चैत्र २०८२

बैतडीको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखनमा प्रतिबन्ध



पहिलोपोस्ट

बैतडीको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखनमा प्रतिबन्ध
Photo : clevelandclinic.org

काठमाडौं : बैतडीको देहीमाडौँ र पाटनमा मदिरा बेचबिखन तथा ओसारपोसारमा पूर्ण रुपमा रोक लगाइएको छ। दशैंको महाष्टमी र महानवमीका दिन लाग्ने जात्रा तथा मेलालाई मध्यनजर गर्दै मदिरा बेचबिखन र ओसारपोसार बन्द गरिएको हो।

देहीमाडौँमा रहेको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा महाअष्टमी र पाटनस्थित प्रसिद्ध उदयदेव मन्दिरमा महानवमीका दिन पशु बलिसहित जात्रा लाग्ने गर्दछ। निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन देहिमाडौँ बजार क्षेत्रमा घटस्थापनादेखि नै मदिरा बेचबिखन र ओसारपोसारमा रोक लगाइएको छ।

वडाध्यक्ष रनबहादुर बोहराका अनुसार मदिरा बेचबिखन तथा सेवन गरेको पाइएमा जरिवाना गरिनेछ।  कसैले मदिरा सेवन गरेको पाइएमा दुई हजार, बेचबिखन र ओसारपोसार गरेमा ६ हजार जरिवानासहित मदिरासमेत जफत गरिने वडा कार्यालयले जनाएको छ। यसका साथै जुवा खेले वा खेलाएमा तीन हजार जरिवाना गरिने बताइएको छ।

उदयदेव मन्दिरमा लाग्ने मेलालाई व्यवस्थित बनाउन पनि मदिरा बेचबिखन र सेवनमा प्रतिबन्ध लगाइएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

महाअष्टमी र महानवमीका दिन पूर्णरुपमा रोक र आइतबारदेखि पाटन बजारमा अपराह्न ३ बजेदेखि ६ बजेसम्म मात्रै मदिरा बिक्रिवितरण गर्न पाइने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell