PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

महाधिवेशन लगत्तै निर्वाचनको माग गर्दै प्रकाशमानले भने : राजकुमार बनेर राजनीतिमा आएको होइन



पहिलोपोस्ट

महाधिवेशन लगत्तै निर्वाचनको माग गर्दै प्रकाशमानले भने : राजकुमार बनेर राजनीतिमा आएको होइन

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले तोकिएकै समयमा १४ औं महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा जानुपर्ने बताएका छन्।

नेपाली कांग्रेस, काठमाडौं महानगर २२ वडाले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विगतका कमीकमजोरीबाट पाठ सिक्न नसकेकोले संसदले पनि प्रभावकारी ढंगले काम गर्न नसकेको बताए।

'तोकिएको समयमा महाधिवेशन गरेर निर्वाचनमा जानुपर्छ। सरकारले विगतबाट पाठ सिक्न सकेको छैन। त्यसैले संसद पनि चल्न सकेको छैन। संसदले प्रभावकारी भूमिका खेल्न नसकेकोले ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्छ' उनले भने।

उनले ओली सरकार किन असफल भयो भन्ने बारेमा देउवा सरकारले पनि हेक्का राख्नुपर्ने बताए।  गैर सांसद गजेन्द्र हमाललाई मन्त्री बनाइएको पनि उनले असन्तुष्टि जनाए।

'ओली सरकार असफल किन भया? फेरि म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मुल्यमान्यता विपरित संविधानको धाराको गलत व्याख्या गरिँदैछ। न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकतन्त्रका लागि गम्भीर चुनौति हो' उनले भने,' गत चुनाव अगाडि आईजिपि प्रकरण र प्रधानन्यायाधीश माथिको महाअभियोगले जनतामा कस्तो प्रभावित पार्‍यो भन्ने कुरा बिर्सिन हुँदैन।'

सिंहले आफूविरुद्ध भ्रम सिर्जना गर्न पार्टीभित्र एउटा समूह सक्रिय रहेको आरोप समेत लगाए। गणेशमान र मंगलादेवीको छोरा भएर विरासतको राजनीति गर्‍यो भन्ने आरोपको उनले प्रतिवाद समेत गरेका छन्। सिंहले आफू विद्यार्थी हुँदादेखि नै कांग्रेसको राजनीतिमा सक्रिय भएको भन्दै भने,' बाबुआमाको नामबाट मात्रै राजनीति गरेको होइन। सामन्य कार्यकरताले जस्तै विद्यार्थी जीवनबाटै कार्यकता बनेर दु:ख,कष्ट, संघर्ष गरेर अगाडि बढेको हो।

उनले आफूलाई 'राज कुमार' भन्नेहरु प्रति पनि आक्रोश व्यक्त गरे।

'म राजनीतिमा राजकुमार बनेर प्रवेश गरेको होइन। त्यसको हेक्का सबैले राख्नुपर्छ' उनले भने।

सिंहले १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने बताउँदै आएका छन्। उनले पछिल्लोपटक प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष देउवाप्रति आक्रोश व्यक्त गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell