PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

गण्डकीको प्रशंसा गर्दा चिप्लिए प्रधानमन्त्री देउवा, 'लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्ट गण्डकी प्रदेशमै जन्मेका हुन्'



रिना थापा

गण्डकीको प्रशंसा गर्दा चिप्लिए प्रधानमन्त्री देउवा, 'लक्ष्मीप्रसाद देवकोटा र मोतीराम भट्ट गण्डकी प्रदेशमै जन्मेका हुन्'

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार गण्डकी प्रदेशलाई साक्षर प्रदेश घोषणा गरे। साक्षर प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले गण्डकी प्रदेश विद्वानहरुको उद्गमस्थल भन्दै प्रशंसा गर्न भ्याए।

यतिमात्र हैन देउवाले प्रदेशमा जन्मिएका विद्वानहरुको नाम पनि फटाफट भने। देउवाले गण्डकीमा जन्मिएका साहित्यारको  लिएका नाम हुन् - लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौड्याल, मोतीराम भट्ट।

'विद्वान जन्मिएको ठाउँ हो यो। महाकवि लक्ष्मीप्रसाद देवकोटा यहीँ जन्मे, लेखनाथ पौडेल, मोतिराम भट्ट जन्मिएको ठाउँ हो यो,'  देउवाले भने। राजनीतिमा व्यस्त नेताले साहित्यकारको नाम फटाफट भन्दा कार्यक्रममा उपस्थित दर्शकहरु दंग परे।

देउवाले सम्बोधनका क्रममा महाकवि देवकोटा र युवाकवि मोतिराम भट्ट गण्डकीमा जन्मिएको दाबी गरे। तर उनको दाबी सत्य भने हैन। साहित्यमा धेरै अघिबाट साधनारत लेखक प्रमोद प्रधानले महाकवि देवकोटा र युवाकवि मोतिरामको जन्म काठमाडौंमै भएको बताए। 'दुबै जना काठमाडौंमै जन्मिएका हुन्,' साहित्यकार प्रधानले भने।

महाकवि देवकोटा विसं १९६६ कातिक २७ मा  काठमाडौंको डिल्लीबजारमा जन्मिएका हुन्। त्यसैगरी युवाकवि मोतिरामको जन्म पनि काठमाडौंको न्युरोड नजिकैको भोसिको टोलमा विसं १९२३ भदौ ५ मा जन्मेका थिए। देउवाले भने झैं लेखनाथ पौडेल भने कास्कीमै जन्मिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell