PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वाग्मतीमा सरकार गठनका लागि गठबन्धनलाई सकस, बानियाँलाई मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय



पहिलोपोस्ट

वाग्मतीमा सरकार गठनका लागि गठबन्धनलाई सकस, बानियाँलाई मुख्यमन्त्री बनाउने कांग्रेस संसदीय दलको निर्णय

हेटौंडा : वाग्मती प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनलाई सकस परेको छ। केन्द्रमा रहेको सत्तारुढ गढबन्धनले प्रदेशमा सरकार निर्माणको तयारी गरिरँदा मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँ दाबी बाट पछि हटेका छैनन्।

वाग्मती प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्ने संसदीय दलले निर्णय गरेको छ। केन्द्रमा नेकपा (एकीकृत समाजवादी)लाई नेतृत्व दिने सहमति बने पनि नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलको आइतबार हेटौंडामा बसेको बैठकले सरकारको नेतृत्व कांग्रेसले गर्ने सर्वसम्मत निर्णय गरेको हो ।

बैठकले सरकार गठनका लागि गठबन्धन दलसँग छलफलका लागि संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई जिम्मेवारी दिने निर्णय समेत गरेको छ। बैठकमा नेपाली कांग्रेसले प्रदेश संसदमा अहिलेसम्म निर्वाह गरेको भुमिका राजनैतिक संस्कारयुक्त रहेको र जनताले समेत प्रशंसा गरेको भन्दै सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्नुपर्ने सांसदहरुले धारणा राखेका थिए।

संसदीय प्रक्रियालाई चुस्त बनाई सभामुख सानुकुमार श्रेष्ठले मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावलाई टुंगोमा पुर्‍याउनुपर्नेमा सांसदहरुले जोड दिएका थिए।

बैठकले कोरोना संक्रमण भई उपचाररत नेपाली कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। विजयादशमीको अवसरमा सम्पूर्ण प्रदेश, देश र विदेश रहेका नेपालीमा शुभकामना दिंदै बैठकले कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत हालसम्म अधिवेशन सम्पन्न भएर विभिन्न पदमा निर्वाचित पदाधिकारी, सदस्य एवं क्षेत्रीय प्रतिनिधिलाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको संसदीय दलका सचिव निमा लामाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell